आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २६ गते शनिबारको राशिफल


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २६ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर १२ तारिख। असोज शुक्ल पक्षको दशमी तिथि। दशैँको टीका। देवी विर्सजन। महादशैँ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : एकादश भावमा चन्द्रमा पुगेका छन्। आम्दानीका दृष्टिले दिन राम्रो छ। दक्षिणको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारमा सुख र शान्तिको समय रहेको छ। विजय दशमीको टीका लगाउन पाउँदा मन शान्त हुनेछ।

वृष : बोलीमा मोहनी बसेको छ। बोल्दा शब्दको माध्यमबाट परोपकार गर्नुहोला। खानपानमा ध्यान नदिँदा रोग बढ्ने जोखिम छ। शिक्षाका क्षेत्रको लगानीले उत्साह बढाउने छ। शत्रु कमजोर भएकाले तपाईंले सोचेका काम बन्नेछन्। परिवारमा सुख र शान्ति मिल्नेछ।

मिथुन : आफ्नै मुखले गर्दा साथी टाढा हुनसक्छन्। बोलीमा सचेत बन्नु राम्रो हुनेछ। माताको प्रसाद ग्रहण गर्नाले दिन सहज बन्नेछ। साथीले तपाईंले सोचेको भन्दा विपरीत सम्झिने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। परिवारमा भने सुख र शान्ति मिल्नेछ।

कर्कट : शुभग्रहको बहुमत छ। दिन सुखमय ढंगले बित्नेछ। बन्धुसँगको भेटले मन हलुका हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

सिंह : धनस्थानमा शुभग्रह बसेकाले सम्पत्ति जोहो गर्ने अवसर मिल्नेछ। साथी र संगठनको बलमा राम्रो काम बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : दिन राम्रो छ। आर्शिवाद दिने र लिनको जमघट हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम रहेको छ। निजी शिक्षामा गरेको लगानीबाट उत्साह बढ्नेछ। परिवारमा भने घुमघामको तय हुनेछ।

तुला : दिन राम्रो छ। लामो यात्राको योजना बन्नेछ। खानपानमा समस्या हुनसक्छ। साथी र संगठनको साथमा राम्रो काम गर्न सहज हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा राम्रो हुनेछ।

वृश्चिक : शुभ ग्रहको बहुमत छ। सोचेका काम बन्नेछन्। साथीभाइ तपाईंको पक्षमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्न सक्नुहुनेछ। माता भगवतीको प्रसाद ग्रहण गरेमा रोगबाट मुक्ति मिल्नेछ। परिवारमा भने बौद्धिक टकराब हुनसक्छ।

धनु : धनलक्ष्मी योग परेको छ। साथीको साथ महत्त्वपूर्ण हुनेछ। वर्षदिनको विशेष पर्वमा घरमा आफन्तको भीडभाड हुनेछ। परिवारसँग सहकार्य गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

मकर : अन्त्य साढेसाती शनिदशा चले पनि तपाईंको राशिमा शुभ ग्रहको बहुमत छ। शिवको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। न्यायिक क्षेत्रमा तपाईंको नाम रहनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीसँग बोल्दा सचेत बन्नु राम्रो होला। परिवारको साथ मिल्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुने दिन छ। साथीभाइसँगको सम्बन्ध बिग्रिन सक्छ। पठनपाठनमा ढिलासुस्ती बढ्नेछ। माता दुर्गाको सेवा गरेको भए परिवारमा सुख र शान्ति मिल्नेछ।

मीन : आज आफूभन्दा ठुलासँग आर्शिवाद लिने दिन छ। लगानीका क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ। शनिदेवको पालो रहेकाले बिहान गणेश भगवानको चिन्तन गरेमा दिन शान्त बन्नेछ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ५ : ०२ बजे

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी