बाराक ओबामाको ‘ब्ल्याक भोटर’ सँग भावुक अपील « Khabarhub

बाराक ओबामाको ‘ब्ल्याक भोटर’ सँग भावुक अपील


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालेले डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा बहालवाला अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि मतदातासँग भावुक अपील गरेका छन् । 

उनले काला जातिका अमेरिकी नागरिक (ब्ल्याक भोटर) सँग कमलाको पक्षमा मतदान गर्न अपील गरेका हुन् ।

ओबामाले काला जातिका मतदातासँग भनेका छन्, ‘कमला ह्यारिसको पालनपोषण तपाईंहरू जस्तै हो । उहाँ तपाईंहरूका साथ नै क्याम्पसमा पड्नु भएको हो । कमला तपाईंहरूको अनुभवका साथसाथै सुख–दुःखबारे जानकार हुनुहुन्छ । ट्रम्प (डोनाल्ड) ले केवल तपाईं र पूरै समुदायका साथ उपेक्षा भावमात्रै राखेका छन् ।’ 

सम्बोधनमा ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका अभिव्यक्तिहरूको आलोचना पनि गरे । ट्रम्पले पनि मिशिगनमा आफ्नो चुनावी ¥यालीका दौरान भनेका थिए, ‘यदि, कमला ह्यारिस राष्ट्रपति बनिन् भने त्यो अमेरिकाका लागि समस्याजस्तै हुने छ ।’

ओबामा अमेरिकी इतिहासमा राष्ट्रपति पदको शपथ लिने पहिलो पहिले अश्वेत व्यक्तिमा पर्छन् । उनी सन् २००८ मा अमेरिकाका पहिलो ‘ब्ल्याक’ राष्ट्रपति बनेका थिए । ओवामाले लगातार दुई कार्यकाल (२००८ देखि २०१२ र २०१२ देखि २०१६) अमेरिकाको शासन सत्ता सम्हालेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १२ : २७ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र