बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका « Khabarhub

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरिए पनि त्रिपुराकोटमा भने परापूर्वकालदेखि आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ । 

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बाला त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घरघरमा टीका जमरा लगाउन सुरु गर्ने उक्त मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले बताए।

‘मुलुकभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन ल्याउने गर्छन्’, पुजारी पाण्डेले भने , ‘दसैँको औँसीको दिनदेखि दशमीको दिनसम्म नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एकअर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा टीका लगाउन सुरु गर्ने प्रचलन छ ।’ 

ज्योतिषका अनुसार आज बिहान ११ बजेर ३६ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा बेलुकाको नित्यपूजापाठ पूजा सकिएपछि मात्र टीकाको साइत खुला हुने गर्दछ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : ४३ बजे

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति