कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना « Khabarhub

कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनःस्थापना गरिएको छ ।

दरबार परिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो ।

शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनःस्थापना गरिएको कुमारी घरका व्यवस्थापक गौतम शाक्यले जानकारी दिए ।

हरेक वर्ष विजया दशमीका दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ६ : ४६ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।