नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबलको उपाधि « Khabarhub

नेपाललाई स्तब्ध पार्दै उज्बेकिस्ताले जित्यो काभा यू–२० भलिबलको उपाधि


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तासँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो । नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो ।

यस अघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन् । नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

लिग चरणमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो भने चौथो खेलमा किर्गिस्तानलाई ३–२ को सेटमा जित हात पारेको थियो । त्यसैगरी शुक्रवार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ६ : ५२ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना