महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित « Khabarhub

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको ११६ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

यो जितपछि न्यूजिल्याण्डको ३ खेलमा ४ अंक भएको छ । न्यूजील्याण्डले २ जित र एक हारसहित ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलको दौडमा कायम रहेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार चौथो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । अब न्यूजील्याण्डले समुह चरणको अन्तिम खेलमा सोमबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ८ : ५१ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न