बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज | Khabarhub Khabarhub

बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१ ले जितेको छ।

२४५ रनको लक्ष्य पाएको अफगानिस्तानले १० बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै २४६ रन जोडेको हो।

अलराउण्ड प्रदर्शन गरेका अजमातुल्लाह ओमारजाइ ७० रनमा अविजित रहे भने रहमुल्लाह गुरावजले शतकीय योगदान गरे। १२० बलको सामना गरेका गुरवाजले ५ चौका र ७ छक्काको सहयोगमा १०१ रन जोडेका हुन्।

यसैगरी ओमारजाइले ७७ बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे। यी दुईले चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए। मोहम्मद नावी ३४ रनमा अविजित रहे। २७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ८ विकेटको क्षतिमा २४४ रनको योगफल खडा गरेको थियो। बङ्गलादेशका महदमुलाले सर्वाधिक ९८ रन जोडे। ९८ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। यसैगरी मेहदी हसनले ६६ रन जोडे। यस क्रममा उनले ११९ बलको सामना गरे। सौम्य सरकारले २३ बलमा २४ रन जोडे।

बङ्गलादेशलाई कम योगफलमा समेट्ने क्रममा ओमारजाइले ७ ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिए। मोहम्मद नावी म्यान अफ द सिरिज भए।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ०८ बजे

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्