बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज « Khabarhub

बंगलादेश पाँच विकेटले पराजित हुँदा अफगानिस्तानले जित्यो सिरिज


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१ ले जितेको छ।

२४५ रनको लक्ष्य पाएको अफगानिस्तानले १० बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै २४६ रन जोडेको हो।

अलराउण्ड प्रदर्शन गरेका अजमातुल्लाह ओमारजाइ ७० रनमा अविजित रहे भने रहमुल्लाह गुरावजले शतकीय योगदान गरे। १२० बलको सामना गरेका गुरवाजले ५ चौका र ७ छक्काको सहयोगमा १०१ रन जोडेका हुन्।

यसैगरी ओमारजाइले ७७ बलको सामना गर्दै ३ चौका र ५ छक्का प्रहार गरे। यी दुईले चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए। मोहम्मद नावी ३४ रनमा अविजित रहे। २७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ८ विकेटको क्षतिमा २४४ रनको योगफल खडा गरेको थियो। बङ्गलादेशका महदमुलाले सर्वाधिक ९८ रन जोडे। ९८ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए। यसैगरी मेहदी हसनले ६६ रन जोडे। यस क्रममा उनले ११९ बलको सामना गरे। सौम्य सरकारले २३ बलमा २४ रन जोडे।

बङ्गलादेशलाई कम योगफलमा समेट्ने क्रममा ओमारजाइले ७ ओभर बलिङ गर्दै ३७ रन खर्चेर ४ विकेट लिए। मोहम्मद नावी म्यान अफ द सिरिज भए।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ०८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर