गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजको दैनिक उडान


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले आजदेखि उडान भर्न लागेको हो ।

दोहाबाट आएको जहाज दिउँसो पौने ३ बजे भैरहवामा अवतरण गर्नेछ । यस्तै पौने ५ बजे भैरहवाबाट काठमाडौं र साँझ ६ः५५ बजे कतारका लागि उडान गर्नेछ ।

यो एयरवेजले कतार–काठमाडौं दैनिक चार वटा उडान भर्दै आएकोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिएपछि दुईवटा उडान कटौती गरेको छ ।
अब कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका लागि ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ ।

कतार एयरवेजसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या पाँच पुगेको छ ।

विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।

गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो ।

थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । यस्तै फ्लाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौं–दुबई उडान गर्न लागेको हो ।

नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ । विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ४३ बजे

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको