कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार « Khabarhub

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय बराल अनि दायाँ–बायाँ दुईवटा पंखा । आखिर यस्तो अनौठो दृश्यको अर्थ के होला ? यही कौतूहलका बीच फिल्म ‘जिरो डिग्री’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी २०८३ माघ १५ गते अर्थात् जनवरी २९ देखि नेपालका हलमा प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरले फिल्मको कथाबारे पनि केही संकेत गरेको छ । पोस्टरमा अभिनेता विजय बराल ढाका टोपी, बाक्लो जुँगा र चस्मामा देखिएका छन् । उनी घोडामाथि सवार छन् भने दुवैतर्फ पंखा बोकेका छन् । विजयको यो फरक हुलियाले फिल्मलाई लिएर दर्शकमा जिज्ञासा थपेको छ।

‘जिरो डिग्री’ डार्क कमेडी जनरामा निर्माण भएको फिल्म हो। यसको कथा पनि सामान्य कमेडीभन्दा केही फरक देखिन्छ। विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान घर नफर्किएसम्म शवलाई सुरक्षित राख्नुपर्ने अवस्था आउँछ ।

त्यसका लागि ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिने पात्र र त्यसपछि सिर्जना हुने परिस्थितिले फिल्ममा हास्यसँगै विभिन्न उथलपुथल निम्त्याउने निर्माण पक्षको भनाइ छ ।

अर्थात्, एउटा शवलाई सुरक्षित राख्न गरिएको प्रयास कसरी गाउँको माहोल नै बदल्ने घटनामा परिणत हुन्छ भन्ने विषय फिल्मको मुख्य आकर्षण बन्ने देखिन्छ। यही असामान्य कथावस्तुलाई हास्य र व्यंग्यको शैलीमा प्रस्तुत गरिएको बताइएको छ।

फिल्मको लेखन तथा निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन्। यी दुईको यो दोस्रो सहकार्य हो। यसअघि उनीहरूले दर्शकमाझ चर्चा पाएको फिल्म ‘बेहुली फ्रम मेघौली’मा सहकार्य गरेका थिए।

‘जिरो डिग्री’मा विजय बरालसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी र प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। फिल्मको छायांकन निशाल पौडेलले गरेका हुन् भने सम्पादनको जिम्मेवारी चानस पुन मगरले सम्हालेका छन्।

फिल्मको पोस्टरले नै कथा र पात्रलाई लिएर थुप्रै प्रश्न जन्माएको छ। अब यी अनौठा दृश्य पर्दामा कस्तो कथामा जोडिन्छन् र ‘डीप फ्रिज’ बोकेर गाउँ पुग्ने पात्रले कस्तो परिस्थिति सिर्जना गर्छ, त्यसका लागि भने दर्शकले माघ १५ सम्म कुर्नुपर्नेछ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  २ : ४३ बजे

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक