सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई बयानका लागि बुटवल लगिँदै « Khabarhub

सुप्रिम सहकारी ठगी प्रकरणमा रविलाई बयानका लागि बुटवल लगिँदै


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिने भएको छ । 

भैरहवाको बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको कसुरमा भइरहेको अनुसन्धानमा बयानका लागि लामिछानेलाई जहाजमार्फत भैरहवा लैजान लागिएको हो ।

प्रहरीले लामिछानेलाई बिहान साढे ५ बजे नै पोखरा एयरपोर्टमा पुर्‍याएको भए पनि हुस्सुका कारण उडान प्रभावित भएको छ ।

उनको आजै बयान सुरु गरिने रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए। सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा यस अघि नै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम मध्ये १४ करोड बढी रकम गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, उपाध्यक्ष एवं पूर्व डिआईजी छविलाल जोशी तथा रवि लामिछानेको समूहले अपचलन गरेको रूपन्देहीमा मुद्दा छ।

रूपन्देही प्रहरीले यस अघि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष जोशीलाई पनि पोखराबाट लगेर रूपन्देहीमै बयान लिएको थियो । सोही सहकारीको रकम अपचलनमा कुमार रम्तेल र शिवबहादुर गुरुङको रूपन्देहीमा सरकारी वकिल समक्ष बयान जारी छ । 

गत वर्ष जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही मार्फत सुप्रिम सहकारीका संस्थापक अध्यक्ष जीवी राई, अध्यक्ष ओमप्रकाश गुरुङलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

यसैबीच, सभापति लामिछानेलाई बयानका लागि लगिने भएपछि रास्वपाले भैरहवामा विरोध प्रदर्शन गर्ने भएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ८ : १७ बजे

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा