सुनसरीको बराहक्षेत्रमा भोलिदेखि एकादशी मेला  | Khabarhub Khabarhub

सुनसरीको बराहक्षेत्रमा भोलिदेखि एकादशी मेला 


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बराहक्षेत्र धाममा भोलिदेखि एकादशी मेला सुरु हुने भएको छ । हरिबोधिनी एकादशीका अवसरमा चल्ने मेला पूर्णिमासम्म रहनेछ ।

कार्तिक शुक्ल त्रयोदशी अर्थात् बुधबार निशान यात्राले नगर परिक्रमा गरी वराहक्षेत्र मन्दिर प्रस्थान गर्ने छ । चतरा मठमा औलिया बाबाको गद्दी स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट वराहक्षेत्र लाने गरिएको छ ।

औलिया महामुनी पीठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा वराहक्षेत्रमा एकादशी मेला सुरु हुने गरेको छ ।

वराहक्षेत्र कात्तिके मेलाका नाममा बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

औलिया मठ चतरा गद्दी तथा वराहक्षेत्रका महन्त विनायक पुरीका अनुसार प्राचीन कालदेखि चल्दै आएको पर्वले बर्सेनि निरन्तरता पाइरहेको छ ।

उनका अनुसार औलिया बाबा वराह भगवानका उपासक, सेवक र रक्षकसमेत रहेकाले औलिया बाबाको प्रतीकस्वरूप निशान झण्डा लाने गरिएको छ ।

सप्तकन्या सहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि मठबाट चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ ।
निशान झण्डासहितको पदयात्रामा जुना अखडाका जोगी–सन्यासी, चतरा गद्दीका साधु–सन्त, वराहक्षेत्रका जनप्रतिनिधि स्थानीयवासीसहितको पदयात्रा वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्रा वराहक्षेत्रका लागि निस्कने गरेको छ । पूर्णिमाका दिनसम्म वराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ ।

शास्त्रीय मान्यताअनुसार विष्णु भगवानको अवतारका रुपमा वराह भगवानको पूजा अर्चना, भाकल गर्ने गरिएको छ ।

हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुले वराह (बँदेल) को रूप लिएर पृथ्वीलाई रसातल (समुद्र) मा डुबाउने ‘हिरण्याक्ष’ नाम गरेको राक्षसको वध गरेका थिए । वराह अवताररूपी विष्णु भगवानले जलमा डुबेको पृथ्वीलाई पूर्ववत् उद्धार गरेको धर्मशास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ०३ बजे

फेरि बढ्न थाल्यो चिसो, तराईमा शीतलहरले जनजीवन प्रभावित

काठमाडौं – तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली

तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द गर्ने ट्रम्पको घोषणा

वासिङटन – संयुक्त राज्य अमेरिकाले तत्कालका लागि अन्तराष्ट्रिय सहायता बन्द

मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त

बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौं – काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ६८ जनाको मृत्यु

खार्तुम – पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका ¥यापिड