सुनसरीको बराहक्षेत्रमा भोलिदेखि एकादशी मेला  « Khabarhub

सुनसरीको बराहक्षेत्रमा भोलिदेखि एकादशी मेला 


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको बराहक्षेत्र धाममा भोलिदेखि एकादशी मेला सुरु हुने भएको छ । हरिबोधिनी एकादशीका अवसरमा चल्ने मेला पूर्णिमासम्म रहनेछ ।

कार्तिक शुक्ल त्रयोदशी अर्थात् बुधबार निशान यात्राले नगर परिक्रमा गरी वराहक्षेत्र मन्दिर प्रस्थान गर्ने छ । चतरा मठमा औलिया बाबाको गद्दी स्थापना भएपछि बर्सेनि निशान यात्रा चतरा गद्दीबाट वराहक्षेत्र लाने गरिएको छ ।

औलिया महामुनी पीठ चतरा गद्दीबाट निशान यात्रा वराहक्षेत्र पुगेपछि औपचारिक रुपमा वराहक्षेत्रमा एकादशी मेला सुरु हुने गरेको छ ।

वराहक्षेत्र कात्तिके मेलाका नाममा बर्सेनि लाग्ने मेलामा नेपालसहित भारत र भुटानका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

औलिया मठ चतरा गद्दी तथा वराहक्षेत्रका महन्त विनायक पुरीका अनुसार प्राचीन कालदेखि चल्दै आएको पर्वले बर्सेनि निरन्तरता पाइरहेको छ ।

उनका अनुसार औलिया बाबा वराह भगवानका उपासक, सेवक र रक्षकसमेत रहेकाले औलिया बाबाको प्रतीकस्वरूप निशान झण्डा लाने गरिएको छ ।

सप्तकन्या सहितको निशान यात्रालाई स्थानीय सुरक्षा निकायले सलामी दिएपछि मठबाट चतरा गद्दी, चतरा बजार परिक्रमा गर्दै वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ ।
निशान झण्डासहितको पदयात्रामा जुना अखडाका जोगी–सन्यासी, चतरा गद्दीका साधु–सन्त, वराहक्षेत्रका जनप्रतिनिधि स्थानीयवासीसहितको पदयात्रा वराहक्षेत्र प्रस्थान गर्ने गरेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल त्रयोदशीका दिन निशान यात्रा वराहक्षेत्रका लागि निस्कने गरेको छ । पूर्णिमाका दिनसम्म वराहक्षेत्रमा राखेर सोही विधिअनुसार पुनः चतरा मठ ल्याउने गरिएको छ ।

शास्त्रीय मान्यताअनुसार विष्णु भगवानको अवतारका रुपमा वराह भगवानको पूजा अर्चना, भाकल गर्ने गरिएको छ ।

हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुले वराह (बँदेल) को रूप लिएर पृथ्वीलाई रसातल (समुद्र) मा डुबाउने ‘हिरण्याक्ष’ नाम गरेको राक्षसको वध गरेका थिए । वराह अवताररूपी विष्णु भगवानले जलमा डुबेको पृथ्वीलाई पूर्ववत् उद्धार गरेको धर्मशास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ०३ बजे

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ- चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको

रविले भने, ‘पार्टी र सरकारबीच प्रभावकारी समन्वय चाहिएको छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय