इजरायल आक्रमणको मारमा सिरियाली नागरिक « Khabarhub

इजरायल आक्रमणको मारमा सिरियाली नागरिक


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सिरिया – हमास र हिजबुल्लाहसँग एकै पटक युद्ध गरिरहेको इजरायली आक्रमणको असर सिरियामा धेरै पर्न थालेको छ। लगातार दुई दिन उत्तरी लेबनानमा हवाई आक्रमण जारी छ।

सिरियाको सीमामा भएको सो आक्रमणका कारण धेरै सिरियालीहरू पनि घाइते भएको अनुमान गरिएको छ। केही वर्षदेखि सिरियाली शरणार्थी त्यहाँ बसोबास गरी रहेका छन्।

इजरायलले सुरुवातमै आक्रमण गरेको दक्षिणी लेबनान र बेक्का उपत्यकाबाट भागेर शरण खोजन आएकाहरू पनि उत्तरी लेबनानमा नै छन्। उत्तरी लेबनानमा भएको आक्रमणका कारण उनीहरू असुरक्षित रहेको जनाइएको छ।

यो समस्या बढी रहेको समयमा साउदी युवराजले इजरायल गाजा र लेबनानमा युद्ध विराम आवश्यक रहेको बताएका छन्।

साउदी अरेबियाको राजधानी रियादमा भएको अरब इस्लामिक सम्मेलनमा तत्काल इजरायलले प्यालेस्टाइनका अधीनस्थ क्षेत्र छाड्नुपर्ने तथा युद्ध विराम गर्नुपर्ने कुरामा जोड दिइएको छ। साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा सो सम्मेलन भएको हो।

संयुक्त राष्ट्र संघले पनि प्यालेस्टाइनमा धेरै जना गिरफ्तार लगायत अन्य धेरै मानवता विरोधी कार्य भएकोमा यसलाई तत्काल रोक्न इजरायललाई भनेको छ। ५ र ६ नोभेम्बरका दिन हात बाँधेर र आँखामा पट्टी बाँधेर २० प्यालेस्टाइनीलाई पानी र खाना समेत नदिएर ५ देखि १९ घण्टासम्म राखिएको थियो। यी नै मध्यका ९ जना घाइते समेत भएका थिए। यसैगरी ३१ अक्टोबरका दिन हेब्रनमा ३५ प्यालेस्टाइनीलाई गिरफ्तार गरिएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ०५ बजे

बलिउडमा प्रेम चोपडाको स्माइलिङ खलनायकी

प्रेम चोपडा बलिउडका यस्ता कलाकार हुन्, जसको नाम सुन्दा सधैं

तरकारी खेतीबाट वार्षिक १० लाख बचत

सर्लाही– सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा

पर्यटकको रोजाइमा सुनसरीको ‘बोराबाध’

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’

वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौं– विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको