पाँच घण्टा कुरेपछि रवि बोकेको विमान पोखराबाट भैरहवातिर | Khabarhub Khabarhub

पाँच घण्टा कुरेपछि रवि बोकेको विमान पोखराबाट भैरहवातिर


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोकेको जहाज पोखराबाट भैरवा एयरपोर्टका लागि उडेको छ।

भिजिबिलिटी नपुगेका कारण कास्की एयरपोर्ट पोखरामै अड्किएका रविलाई बोकेको जहाज केही बेरअघि भैरहवाका लागि उडेको हो ।

सम्भावित विरोधलाई पनि ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रविलई बिहान ५ बजे नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याएको थियो ।

तर गौतमबुद्ध विमानस्थल भैरहवाको भिजिबिलिटी कम हुँदा लामिछानेलाई पाँच घण्टा पोखरा एयरपोर्टमा राखेपछि केहीबेरअघि लगिएको हो ।

भैरवामा भिजिबिलिटी नभएका कारण प्रहरीले लामिछानेलाई कास्कीमै राखेको थियो । अहिले रविसहितका यात्रु बोकेको जहाज भैरहवाका लागि उडेको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

लामिछानेलाई २६ दिनदेखि कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।

रविलाई रुपन्देही लाने थाहा पाएपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले पनि भैरहवामै प्रदर्शन गरिरहेका छन् ।

गत कात्तिक २ गते पार्टी कार्यालय चःमतीबाट पक्राउ गरिएका लामिछानेलाई अदालतबाट चारपटक म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : २७ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला