पाँच घण्टा कुरेपछि रवि बोकेको विमान पोखराबाट भैरहवातिर « Khabarhub

पाँच घण्टा कुरेपछि रवि बोकेको विमान पोखराबाट भैरहवातिर


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बोकेको जहाज पोखराबाट भैरवा एयरपोर्टका लागि उडेको छ।

भिजिबिलिटी नपुगेका कारण कास्की एयरपोर्ट पोखरामै अड्किएका रविलाई बोकेको जहाज केही बेरअघि भैरहवाका लागि उडेको हो ।

सम्भावित विरोधलाई पनि ख्याल गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले रविलई बिहान ५ बजे नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याएको थियो ।

तर गौतमबुद्ध विमानस्थल भैरहवाको भिजिबिलिटी कम हुँदा लामिछानेलाई पाँच घण्टा पोखरा एयरपोर्टमा राखेपछि केहीबेरअघि लगिएको हो ।

भैरवामा भिजिबिलिटी नभएका कारण प्रहरीले लामिछानेलाई कास्कीमै राखेको थियो । अहिले रविसहितका यात्रु बोकेको जहाज भैरहवाका लागि उडेको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

लामिछानेलाई २६ दिनदेखि कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।

रविलाई रुपन्देही लाने थाहा पाएपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा प्रदर्शन गरिरहेको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले पनि भैरहवामै प्रदर्शन गरिरहेका छन् ।

गत कात्तिक २ गते पार्टी कार्यालय चःमतीबाट पक्राउ गरिएका लामिछानेलाई अदालतबाट चारपटक म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : २७ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को