समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई | Khabarhub Khabarhub

समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा रहेका उनलाई मंगलबार श्री एयरलाइन्सको जहाजबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको थियो ।

त्यहाँबाट उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको हो ।

सभापति लामिछानेलाई रुपन्देही लगिएपछि रास्वपाले मंगलबार भैरहवामा विरोध कार्यक्रम गरेको छ। भैरहवाको लुम्बिनी गेटमा बिहान साढे ११ बजेदेखि प्रदर्शन भएको थियो । प्रहरीले प्रदर्शनकारीकै बीचबाट रविलाई भ्यानमा हालेर लगेको हो ।

त्यक्रममा रविलाई प्रतिशोध गरेर फसाइएको भन्दै रास्वपाका समर्थकले नाराबाजी गरेका थिए।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध  पक्राउ पूर्जी जारी गरिसकेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अवैध रुपमा लगेर हिनामिना गरेको अभियोगसहित लामिछानेविरुद्ध अनुसन्धान भइरहेको छ ।

यसै प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई आइतबार थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध म्याद थप भएको यो चौथोपटक म्याद थप गरिएको हो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ५३ बजे

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा

पशुपतिनाथमा तीजको तयारी पूरा

काठमाडौं– हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा

सुरक्षा निकायका कार्यालयहरूलाई २६ थान सवारिसाधन वितरण

महेन्द्रनगर– मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित