नेक प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने « Khabarhub

नेक प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश प्रवेश परीक्षा घोषणा गरेको छ । 

कलेजले इन्जिनियरिङ विधाका सात वटा विषयमा स्नातक तहमा अध्ययन गर्न विद्यार्थीहरूलाई प्रदेश अनुसार छात्रवृत्ति दिँदै आएको छ । यो वर्षको प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते तोकिएको छ । प्रवेश परीक्षा भक्तपुर चाँगुनारायण स्थित कलेजमा हुनेछ ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले देशका सबै क्षेत्रका विद्यार्थीहरूले इन्जिनियरिङ शिक्षा हासिल गर्न सकुन् भनेर प्रादेशिक छात्रवृत्ति दिएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए । 

‘इन्जिनियरिङ विषय देश विकासको महत्वपूर्ण विषय भएको र यसमा देशका सबै क्षेत्रका विद्यार्थीको सहभागिता बढोस् भनेर सातै प्रदेशका लागि प्रादेशिक छात्रवृत्ति दिँइदै आइएको छ ।’ उनले भने। कलेजले यसअघि लिएको प्रदेश परीक्षामा सहभागी भई पास भएका तर, फर्म भर्दा प्रादेशिक छात्रवृत्तिमा समेत टिक लगाएका विद्यार्थीहरु पनि प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् ।

कलेजले सात वटा विषयमा सातै प्रदेशका लागि एकएक वटा पूर्ण छात्रवृत्ति प्रदान गर्दछ । नेकको प्रादेशिक छात्रवृत्ति पाउनका लागि प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा पास गर्नुपर्छ । सरकारी स्कुलबाट कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिइने गरिन्छ । त्यसका लागि विद्यार्थीले प्रदेशको स्थानीय तहबाट सिफारिस समेत ल्याउनु पर्ने प्रावधान रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिषकुमार झाले बताए ।

 ‘प्रादेशिक छात्रवृत्तिले विशेषगरी दूरदराजमा रहेका, कमजोर आर्थिक अवस्था भएका जेहेन्ददार विद्यार्थीलाई इन्जिनियर बन्ने अवसर प्रदान गर्दछ ।’ उनले भने।

सन् १९९४ मा स्थापना भएको नेकमा इन्जिनियरिङका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, कम्प्युटर, सिभिल एण्ड रुलर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्ट विषयमा अध्ययन गर्न सकिन्छ ।

नेकले प्रादेशिक छात्रवृत्तिसँगै अन्य विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आइरहेको छ । कलेजले प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने, सेमेष्टर टपर, स्थानीय तहका विद्यार्थीहरूलाई छात्रवृत्ति दिँदै आएको छ । कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्ति दिने गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : १२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा