कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग | Khabarhub Khabarhub

कान्ति बाल अस्पताललाई काठमाडौँ महानगरको सहयोग


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौँ महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गर्ने भएको छ । अस्पतालका निर्देशक डा पङ्कज रायले महानगरले उक्त कार्यका लागि पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए। 

मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए। 

उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए। 

महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा  सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : ४० बजे

संघीय संसद्का दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै छ ।

कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु

झापा–कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनः स्थापना केन्द्र स्थापना

कटारी – कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा

प्रकृति र संस्कृतिको सङ्गम फलामे डाँडा

म्याग्दी – करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामे