सफाई कर्मचारीको धर्ना बारे टेलिकम भन्छ- यो हाम्रो सरोकारको विषय हैन « Khabarhub

सफाई कर्मचारीको धर्ना बारे टेलिकम भन्छ- यो हाम्रो सरोकारको विषय हैन


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले कार्तिक १२ गते देखि केन्द्रीय कार्यालयको प्रांगणबाहिर केही व्यक्तिले दिइरहेको धर्नाप्रति आफ्नो कुनै सरोकार नरहेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त धर्ना सम्बन्धमा आफ्नो कुनै सरोकार नरहेको बताएको हो ।

‘नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाइ लगायतका सेवाहरू आवश्यकता बमोजिम बोलपत्र प्रक्रियाबाट निश्चित समय तथा कार्य तोकी आउटसाेर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्झौताको समयावधि वा तोकिएको कार्यविधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।’

केही दिन अघि सम्पन्न व्यवस्थाअनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भएकाले प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ।

यस कम्पनीअन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाइको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको टेलिकमका प्रवक्ता हरि ढकालको भनाइ छ ।

‘यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवा प्रदायक कम्पनीका जनशक्तिहरूलाई कम्पनीको कार्यालयमा सरसफाइ सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भइसकेको अवस्थामा ती जनशक्तिसँग टेलिकमको कुनै सरोकार नरहेको ब्यहोरा कम्पनी स्पष्ट पार्दछ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : ०५ बजे

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)

प्रधानमन्त्रीलाई भेटेर विप्लवले भने- विद्रोहको बलमा बनेको सरकारलाई हाम्रो पूरा साथ छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का

सवारी दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौं– काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सले