सैन्य एयर शो चलिरहेको चीनको झुहाईमा कारको ठक्करबाट ३५ जनाको मृत्यु « Khabarhub

सैन्य एयर शो चलिरहेको चीनको झुहाईमा कारको ठक्करबाट ३५ जनाको मृत्यु


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । यो घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

सोमबार नै यो घटना सार्वजनिक भए पनि यति धेरै संख्यामा मृत्यु भएको कुरा खुलाइएको थिएन । सोमबार प्रहरीले केही मानिस मात्रै घाइते भएको जनाएको थियो ।

एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई ठक्कर ठूलो संख्यामा हताहती भएको हो ।

चिनियाँ सञ्चारमाध्यामहरूले उक्त घटनामा ३५ जनाको मृत्यु र ४३ जना घाइते भएको उल्लेख गरेका छन् ।

चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते वृद्ध, युवा र बालबालिका छन् ।

कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको जानकारी दिएको छ ।

यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराबीच यो घटना भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।

कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : २२ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा