सैन्य एयर शो चलिरहेको चीनको झुहाईमा कारको ठक्करबाट ३५ जनाको मृत्यु « Khabarhub

सैन्य एयर शो चलिरहेको चीनको झुहाईमा कारको ठक्करबाट ३५ जनाको मृत्यु


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । यो घटनामा अन्य ४३ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

सोमबार नै यो घटना सार्वजनिक भए पनि यति धेरै संख्यामा मृत्यु भएको कुरा खुलाइएको थिएन । सोमबार प्रहरीले केही मानिस मात्रै घाइते भएको जनाएको थियो ।

एउटा कारले रंगशालाबाहिर कसरत गरिरहेका मानिसहरूको भीडलाई ठक्कर ठूलो संख्यामा हताहती भएको हो ।

चिनियाँ सञ्चारमाध्यामहरूले उक्त घटनामा ३५ जनाको मृत्यु र ४३ जना घाइते भएको उल्लेख गरेका छन् ।

चिनिया अधिकारीहरूले यसलाई ‘गम्भीर आक्रमण’ भनेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार घाइते वृद्ध, युवा र बालबालिका छन् ।

कार चलाउने व्यक्तिले भाग्ने प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, प्रहरीले आत्मघाती हमलाका कारण अभियुक्त अचेत अवस्थामा रहेको जानकारी दिएको छ ।

यस सहरमा हुन लागेको ठूला नागरिक तथा सैनिक एयर शोका लागि रहेको कडा सुरक्षा घेराबीच यो घटना भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अभियुक्त सम्बन्धविच्छेदपछि सम्पत्तिको टुङ्गोमा चित्त नबुझेकाले मानिसको भिडमा गाडी चढाएको प्रहरीले जनाएको छ ।

कार चालक अहिले बेहोस रहेकाले प्रहरीको प्रश्नको जवाफ दिनसक्ने अवस्थामा नरहेको रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : २२ बजे

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा