सिरिजङ्गा–३ को उपनिर्वाचन : अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे « Khabarhub

सिरिजङ्गा–३ को उपनिर्वाचन : अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

 वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको छ, जसमा कुञ्जारी मतदानस्थलमा एक हजार २६ मतदाता छन् । कुञ्जारीमा पाँच सय ५७ पुरुष र चार सय ६९ महिला छन् भने ओसे मतदानस्थलमा दुई सय ८७ पुरुष र दुई सय १५ महिला गरी पाँच सय दुई मतदाता रहेका छन् । यस उपनिर्वाचनमा पुरुष मतदाताको सङ्ख्या आठ सय ४४ र महिला मतदाताको सङ्ख्या छ सय ८४ रहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक हजारभन्दा बढी मतदाता भएका ठाउँमा थप मतदान केन्द्र राख्न सकिने प्रावधान भए पनि, कुञ्जारीमा एक हजार २६ मतदाता मात्र रहेका कारण दोस्रो केन्द्र थप गरिएको छैन । मतदाता सङ्ख्या कम हुँदा जनशक्ति थप्नुपर्ने आवश्यकता नरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि अहिलेजस्तै दुईवटा मतदानस्थल थिए । यसअघि कुञ्जारीमा नौ सय ९४ र ओसेमा पाँच सय २९ मतदाता थिए । अब हुने उपनिर्वाचनमा पाँच मतदाता मात्र थपिएका छन् । कुञ्जारीमा ३२ मतदाता बढ्दा ओसेमा २७ मतदाता घटेका छन् ।

विसं २०७९ को निर्वाचनमा ताप्लेजुङमा ८९ हजार छ सय ८० मतदाता थिए । अद्यावधिक तथ्यांकअनुसार २०८१ मङ्सिर १५ सम्म ताप्लेजुङमा ८९ हजार एक सय ८९ मतदाता रहेका छन्, जसमा ४७ हजार छ सय २७ पुरुष र ४१ हजार पाँच सय ६२ महिला छन् । मृत्यु, नाम सार्ने र दोहोरो नाम हटाएपछि अद्यावधिक गरी निर्वाचन कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ५५ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि