सिरिजङ्गा–३ को उपनिर्वाचन : अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे « Khabarhub

सिरिजङ्गा–३ को उपनिर्वाचन : अघिल्लो निर्वाचनभन्दा पाँच मतदाता बढे


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ सिकैचामा वडाध्यक्षका लागि आउँदो मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

 वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि यहाँ उपनिर्वाचन हुने भएको हो ।

निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज दुलालका अनुसार यहाँ हुने उपनिर्वाचनमा कुल मतदाताको सङ्ख्या एक हजार पाँच सय २८ रहेको छ, जसमा कुञ्जारी मतदानस्थलमा एक हजार २६ मतदाता छन् । कुञ्जारीमा पाँच सय ५७ पुरुष र चार सय ६९ महिला छन् भने ओसे मतदानस्थलमा दुई सय ८७ पुरुष र दुई सय १५ महिला गरी पाँच सय दुई मतदाता रहेका छन् । यस उपनिर्वाचनमा पुरुष मतदाताको सङ्ख्या आठ सय ४४ र महिला मतदाताको सङ्ख्या छ सय ८४ रहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक हजारभन्दा बढी मतदाता भएका ठाउँमा थप मतदान केन्द्र राख्न सकिने प्रावधान भए पनि, कुञ्जारीमा एक हजार २६ मतदाता मात्र रहेका कारण दोस्रो केन्द्र थप गरिएको छैन । मतदाता सङ्ख्या कम हुँदा जनशक्ति थप्नुपर्ने आवश्यकता नरहेको निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । 

विसं २०७९ को स्थानीय तह निर्वाचनमा पनि अहिलेजस्तै दुईवटा मतदानस्थल थिए । यसअघि कुञ्जारीमा नौ सय ९४ र ओसेमा पाँच सय २९ मतदाता थिए । अब हुने उपनिर्वाचनमा पाँच मतदाता मात्र थपिएका छन् । कुञ्जारीमा ३२ मतदाता बढ्दा ओसेमा २७ मतदाता घटेका छन् ।

विसं २०७९ को निर्वाचनमा ताप्लेजुङमा ८९ हजार छ सय ८० मतदाता थिए । अद्यावधिक तथ्यांकअनुसार २०८१ मङ्सिर १५ सम्म ताप्लेजुङमा ८९ हजार एक सय ८९ मतदाता रहेका छन्, जसमा ४७ हजार छ सय २७ पुरुष र ४१ हजार पाँच सय ६२ महिला छन् । मृत्यु, नाम सार्ने र दोहोरो नाम हटाएपछि अद्यावधिक गरी निर्वाचन कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ५५ बजे

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका