म्यानचेस्टर सिटीको खराब यात्रा जारी « Khabarhub

म्यानचेस्टर सिटीको खराब यात्रा जारी


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप क्लब म्यानचेस्टर सिटीको र खराब सिजन अझै कायम छ । युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सँग सिटी २-० ले पराजित भयो।

युभेन्ट्सका डुसान भ्लाहोभिक र वेस्टन म्याककेनीले गोल गरे। सो हारपछि सिटीको शीर्ष ८ मा रहँदै सिधै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना सकिएको छ। नवौँ देखि २४ औं स्थानमा रहँदै प्लेअफको सम्भावनामा समेत शङ्का उत्पन्न भएको छ।

दुई खेल बाँकी रहँदा सिटी ८ अङ्कसहित २२ औं स्थानमा छ। सबै प्रतियोगितामा गरी पछिल्ला १० खेलमा १ जित हात पारेको सिटीले यस बिचमा नौ हारको सामना गरेको छ। सिटीले च्याम्पियन्स लिगका बाँकी खेलमा पेरिस सेन्ट जर्मन र ब्रुगसँग खेल्ने छ। सिटीको युभेन्ट्ससँगको खेल पनि अन्डर पार नै थियो।

युरोपेली च्याम्पियन्स लिगको बुधवार नै भएको खेलमा एट्लेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३-१ ले हरायो। सो खेलमा विजयी टोलीका लागि एन्टेनियो ग्रिजम्यानले दुई गोल गरे। अर्को गोल जुलियन अल्भाराजले गरे।

एसी मिलानले पनि रेड स्टार बेलग्रेडलाई २१ ले हरायो। एसी मिलानलाई जित दिलाउने क्रममा राफेल लियो र टेडी अब्राहमले गोल गरे। बेनफिका र बोलाग्ना बिचको खेलमा गोलरहित बराबरी भयो। यसैगरी, फियुनार्डले स्पर्टा प्रागलाई ४-२ ले हरायो। स्टुगार्टले यङ ब्वाइजलाई ५-१ ले हरायो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने