राधी विद्युत् कम्पनीको ५ प्रतिशत बोनस घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  « Khabarhub

राधी विद्युत् कम्पनीको ५ प्रतिशत बोनस घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयर धनीलाई बोनस घोषणा गरेको छ ।

कम्पनीका सचिव लफिन काजी बज्राचार्यका अनुसार शेयरधनीका लागि कम्पनीले ५ प्रतिशत बोनस घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस शेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले बोनस पारित गर्न पुस १८ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गतेलाई बुक क्लोज मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र  साधारणसभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पाउने छन् ।

यसैबीच बोनस दिएपछि कम्पनीले हकप्रद शेयर पनि जारी गर्ने भएको छ । कम्पनीका सचिव बज्राचार्यका अनुसार बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजीको १ः०.६९८९ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद शेयर जारी हुनेछ ।

उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी साधारणसभाले पास गरेपछि जारी गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ०९ बजे

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले