खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी (तस्बिरहरू) « Khabarhub

खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी (तस्बिरहरू)


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानीको कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडक पुनर्निर्माणपछि सञ्चालनमा आएको छ ।

गत साउन २५ गते दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्ड भासिएको थियो ।

भासिएर टुकुचा खोला नै देखिएको उक्त सडक तीन महिनामा निर्माण पूरा भएको हो । सडक भासिँदा देखिएको टुकुचालाई छोपेर नै पुन:र्निर्माण गरिएको उक्त सडक बिहीबारदेखि खुलाइएको हो ।

लगातार पानी पर्दा ११ मिटर लम्बाइमा पूरै कर्ल्भट भत्किएर सडकमा भ्वाङ परेको थियो । यो सडकखण्ड काठमाडौं महानगरपालिका १ र २८ नम्बर वडाको सीमामा पर्छ।

भ्वाङ परेको ठाउँमा तोकिएकै समयमा निर्माण सकिएपछि खुलाइएको सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् ।

यससँगै बिहीबार बिहानदेखि सडक सुचारू गरिएको सडक डिभिजन काठमाडौंले गरेको छ ।

भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्य थियो । त्यहीअनुसार निर्माणले गति लिँदा अब बुधबार दिनभरमा निर्माण सकेर बिहीबार बिहानदेखि गाडी खुलाइएको हो ।

भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो ।

४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि सुचारू गरिएको हो । सडक भासिनुपूर्व एकतर्फी बनाइएको यो सडक अब सुचारू भएसँगै ट्राफिक एकतर्फी नै चलाइनेछ ।

पहिला जस्तै अबउप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । यससँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।

तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ११ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा