अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई « Khabarhub

अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा टाई भएको छ ।

गर या मरको अवस्थामा रहेका दुवै टोलीबीचको यो भिडन्तमा विराटनगरका बसिर अहमदलाई रायमोनले अन्तिम बलमा छक्का हानिँदिँदा खेल बराबरी भएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाए पनि अन्तिम अवस्थगामा रायमोन रिफायले खेललाई टाई गराइदिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनायो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १२ : १७ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान