जनकपुरविरुद्ध सुरुमै लड्खडायो काठमाडौं, लगालग गुमायो चार विकेट « Khabarhub

जनकपुरविरुद्ध सुरुमै लड्खडायो काठमाडौं, लगालग गुमायो चार विकेट


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज सुरुमै लड्खडाएको छ ।

६ ओभरको ४ बलमै ४८ रनको दयनीय अवस्थामा काठमाडौंले ४ विकेट गुमाएको हो ।

काठमाडौंका ओपनर स्टिफन एस्किनाजी र अर्का खेलाडी सुमित महर्जनलाई सुदूरपश्चिमका बलर ललित राजवंशीले सस्तैमा आउट गराए ।

स्टिफन २ चौकासहयोगमा १९ बलमा १७ रन जोड्दा ललितको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । सुमित ललितको बल सामना गर्ने क्रममा अनिल शाहमार्फत् क्याट आउट भए ।

सुमितले ३ बल सामाना गर्दा रनको खाता खोल्न सकेनन् ।

भीम सार्की ११ बल खर्चेर ४ रनको अवस्थमा आउट भए । त्यस्तै, अर्का ओपनर माइकल लिभर्टले पनि दोहोरो रन बनाउन सकेनन् । १ चौकाको सहयोगमा ६ बलमा ८ रन बनाएर उनी आउट भएका हुन् ।

११ ओभरमा खेल पुग्दा काठमाडौं ४ विकेटको क्षतिमा ५७ रनको दयनीय अवस्थामा छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १ : ५७ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको