जनकपुरविरुद्ध काठमाडौंको फितलो ब्याटिङ, १०२ रनको लक्ष्य | Khabarhub Khabarhub

जनकपुरविरुद्ध काठमाडौंको फितलो ब्याटिङ, १०२ रनको लक्ष्य


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस जितेर जनकपुरविरुद्ध पहिलो ब्याटिङमा उत्रिएको काठमाडौंले १९ दशमवल ३ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो ।

सुरुमै लड्खडाएको काठमाडौंका ब्याटर आजको खेलमा चल्न सकेनन् । काठमाडौं लागि सर्वाधिक रन बनाउने गेर्हार्ड इरास्मसले २२ बल खर्चेर मात्रै २० रन जोडे । उनले दुई चौका प्रहार गरे ।

काठमाडौंका दुवै ओपनरको ब्याटिङ आजको खेलमा चलेन । स्टिफन एस्किनाजीले १९ बल सामना गर्दा मात्रै १७ रन जोडे । अर्का ओपनर माइलक लिभर्टले दोहोरो रन बनाउन सकेनन् । उनी ६ बलमा आठ रन जोडेर पेविलियन फर्किए ।

करण केसीले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १९ रन जोडे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ ललित राजवंशी र शेर मल्लले समान तीन विकेट लिए । मोहम्मद मोहसिनले दुई, अरनिको यादव र किशोर महतोले समान एक विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  २ : २५ बजे

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

गोरखा– शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला

नेपाल–चीन सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला– नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त

कोइलाबास भन्सारमा राजस्व संकलन घट्यो

दाङ– दाङको कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ ।