गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव « Khabarhub

गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले गुणस्तरीय र सुरक्षित खानेपानी उपलब्ध गराउनका लागि दीर्घकालीन समाधान खोज्ने काम भइरहेको बताएका छन् ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, राष्ट्रिय खानेपानी एवं सरसफाइ उपभोक्ता महासङ्घ (फेडवास)द्वारा संयुक्त रूपमा आयोजना गरिएको ‘खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्मेलन’ मा उनले सरकारले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिए।

उनले भने, ‘खानेपानी तथा ढल व्यवस्थापन विभागको तथ्यांक अनुसार करिब २७ प्रतिशत नेपालीले मात्र सुरक्षित खानेपानीको पहुँच पाएका छन् । यसको मतलब अहिले पनि करिब ७३ प्रतिशत नेपाली नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न बाँकी छ । यसलाई सोह्रौँ योजनाको अन्त्यसम्ममा ४५ प्रतिशत पुर्‍याउनका लागि ठोस् नीति, पर्याप्त बजेट, र दिगो योजना आवश्यक छ ।’

खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी  बज्राचार्यले खानेपानी तथा सरसफाइ क्षेत्रले जलवायु परिवर्तन, सीमित बजेट, र जनसङ्ख्याको वृद्धि जस्ता चुनौतीको सामना गरिरहेको बताइन्।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ४ : ४१ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण