दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास « Khabarhub

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रकम लगेर कम्बोडियामा लगानी गरेको दाबी गरेका थिए ।

झुट्ठा दाबी गरेको आरोपमा प्रसाईंलाई प्रहरीले मङ्सिर ४ गते पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा प्रसाईं पक्राउ परेका थिए ।

जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिए पनि प्रसाईं तत्काल छुट्ने छैनन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीमाथि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान चलिरहेकाले नछुट्ने भएका हुन् ।

साइबर अपराधको मुद्दामा धरौटीमा छाड्ने आदेश आए पनि आपराधिक विश्वासघातको कसुरमा उनी हिरासतमै बस्नुपर्ने बोगटीको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ६ : ०१ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु