दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास « Khabarhub

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रकम लगेर कम्बोडियामा लगानी गरेको दाबी गरेका थिए ।

झुट्ठा दाबी गरेको आरोपमा प्रसाईंलाई प्रहरीले मङ्सिर ४ गते पक्राउ गरेको थियो । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा प्रसाईं पक्राउ परेका थिए ।

जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिए पनि प्रसाईं तत्काल छुट्ने छैनन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीमाथि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान चलिरहेकाले नछुट्ने भएका हुन् ।

साइबर अपराधको मुद्दामा धरौटीमा छाड्ने आदेश आए पनि आपराधिक विश्वासघातको कसुरमा उनी हिरासतमै बस्नुपर्ने बोगटीको भनाइ छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली