भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा « Khabarhub

भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसानको खेतमा सिँचाइ सुविधा पुर्‍याउनका लागि भूमिगत सिँचाइ प्रणाली अत्यन्त महत्त्वपूर्ण एवं प्रभावकारी हुँदै गएको छ ।

मधेस प्रदेश सरकारले धनुषा र महोत्तरी जिल्लामा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ सुविधा पुर्‍याउन थालेपछि कृषि पेसा सहज बन्दै गएको हो ।

आकाशे पानीको भरमा, नहर तथा नदीनालाबाट सिँचाइको व्यवस्था गर्नुपर्नेमा यो प्रविधि किसानका लागि वरदान साबित भएको बर्दिवास–२ का किसान श्याम महतोले बताए।

यो प्रविधिबाट खेतीका लागि सिँचाइका साथै खानपिनका तथा दैनिक जीवनमासमेत प्रयोग भइरहेको उनले उल्लेख गरे । कृषि पेसामा अबद्धलाई अहिले भूमिगत सिँचाइबाट खेती गर्न सहज भएको उनले बताए।

जलस्रोत तथा भूमिगत सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीद्वारा धनुषा र महोत्तरीका ग्रामीण क्षेत्रमा जडान गरिएको डिप ट्युबेल र ‘पावरड्रिल’बाट सिँचाइ सुविधा पुर्‍याइरहेको जनाइएको छ ।

एउटा डिप ट्युबेलबाट ४० बिघा खेत सिँञ्चित हुने गरेको कार्यालयका इञ्जिनीयर अमलेश यादवले जानकारी दिए। उनका अनुसार दुवै जिल्लामा गरी हालसम्म ३५ वटा डिपट्युबेल जडान भएर एक हजार चार सय बिघा कृषियोग्य जमिन सिँञ्चित भइरहेको छ ।

एउटा डिपट्युबेलको संरचना निमार्णदेखि सञ्चालन गर्दाको अवस्थासम्म  एक करोड भन्दा बढी खर्च हुने गरेको यादवले बताए। गत आर्थिक वर्षमा पाँचवटा डिपट्युबेलको निर्माण प्रक्रिया सुरु भएको थियो । एउटा निमार्णमा ३० लाखसम्म खर्च भएको भन्दै चालु आवमा थप खर्च गरेर निर्माण सम्पन्न गरिने कार्यालयले जनाएको छ । अहिले पाँच वटाको निर्माणमा रु एक करोड ५० लाख खर्च भइसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ७ : ४८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको