बंगलादेशमा भएको आन्दोलनका क्रममा जेलबाट भागेका ७ सय बन्दी अझै फरार | Khabarhub Khabarhub

बंगलादेशमा भएको आन्दोलनका क्रममा जेलबाट भागेका ७ सय बन्दी अझै फरार


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही महिनाअघि तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नेगरी भएको आन्दोलनका क्रममा फरार रहेका ७ सयभन्दा धेरै बन्दीको अवस्था अझै अज्ञात छ । बंगलादेशको कारागार सेवाका प्रमुख सइद मोहम्मद मोथाहरले समाचार संस्था एएफपीसँगको कुराकानीमा यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार आन्दोलनका क्रममा २ हजार २ सय बन्दी जेलबाट भागेका थिए । तीमध्ये हालसम्म १५ सय बन्दी मात्र नियन्त्रणमा आएका छन् । बाँकी फरार ७ सयमध्ये ७० जना आतंककारी वा मृत्युदण्ड कुरिरहेका कुख्यात अपराधी रहेको उनको भनाइ छ ।

गत जुलाई महिनामा सयौँ आन्दोलनकारीले राजधानी ढाकानजिकै नरसिंहडी क्षेत्रमा रहेको कारागारका सयौँ बन्दीलाई जेलमुक्त गरेका थिए । त्यसबाहेक आन्दोलनका क्रममा अरु धेरै कारागारमा आक्रमण हुँदा सयौँ बन्दी फरार भएका थिए ।

बंगलादेश प्रहरीका प्रवक्ता इमाम होसेन सागरले फरार बन्दीलाई पुनः पक्राउ गर्न प्रहरीले हरसम्भव प्रयास गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’