पाकिस्तानमा नोभेम्बर महिनामा आतंककारी आक्रमण बढे « Khabarhub

पाकिस्तानमा नोभेम्बर महिनामा आतंककारी आक्रमण बढे


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा अघिल्लो महिनाको तुलनामा नोभेम्बर महिनामा आतंककारी आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । नोभेम्बर महिनामा पाकिस्तानमा ६१ वटा आतंककारी आक्रमणका घटना भएका छन् ।

जुन अघिल्लो महिनाको तुलनामा २७ प्रतिशतले बढी हो । यस अवधिमा आतंककारी आक्रमणका क्रममा मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ ।

राजधानी इस्लामावादमा रहेको पाक इन्स्टिच्युट फर पिस स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नोभेम्बर महिनामा आतंककारी आक्रमणका कारण १ सय ६९ जनाको ज्यान गएको छ ।

अघिल्लो महिना यस्ता घटनामा १ सय जनाले ज्यान गुमाएका थिए । समीक्षा अवधिमा आतंककारी आक्रमणका कारण २ सय २५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : ३७ बजे

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका