साताको कार्टुन : प्रचण्ड र गोहीको आँशु ! | Khabarhub Khabarhub

साताको कार्टुन : प्रचण्ड र गोहीको आँशु !


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवस्थाविरुद्ध १० वर्षसम्म बन्दुक उठाएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धकालमा भन्ने गर्थे – ‘युद्धको मैदानमा हामी रुँदारुँदै हाँसेका छौँ र हाँस्दाहाँस्दै रोएका छौँ ।’

दाहालका यी पङ्क्तिले रक्तपातयुक्त विद्रोहको राजनीतिक र फौजी मोर्चामा माओवादी नेता/कार्यकर्तालाई खुबै तरङ्गित बनाउँथ्यो । उनै दाहाल जसै बन्दुक बिसाएर संसदीय मूलधारको राजनीतिमा आए – आँशु र हाँसोको बेलगाम प्रयोग टुटेन ।

व्यक्तिगत जीवनका दुःखान्तका सन्दर्भ बाहेक पनि दाहाल भिडलाई तरङ्गित पार्न पिलिक्कै रोइदिने गर्छन्‌ । खबरहबका लागि दीपक गौतमले बनाएका यो कार्टुनमार्फत दाहालकै ‘अश्रु-प्रवृत्ति’लाई व्यङ्ग्य गरिएको छ ।

यो कार्टुनमार्फत दाहालले सहकारी ठगीमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष रहेको भन्दै दिएका अभिव्यक्तिमाथि व्यङ्ग्य गरिएको हो । नेपाली उक्तिमा सबैतिर ठिक्क पार्न सजिलै आँशु बगाउनेको रुवाइलाई गोहीको आँशु उपमा दिइन्छ ।

सार्वजनिक खपतका लागि सस्तो भावुकता पोख्ने दाहाल मञ्चमा रुमालले आँशु पुछिरहँदा छेउको तलाउमा गोही सोच्दैछ – अनुहार मात्रै नमिल्ने हो, आँशु चाहिँ ठ्याक्कै मिल्छ कम्रेडसँग हाम्रो !

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : २९ बजे

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन’

गोरखा–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकी राष्ट्रपति ट्रम्प डढेलो प्रभावित लस एन्जलसमा : गर्भनरको कामप्रति आक्रोश

लस एन्जलस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस भ्रमण

हमासले शनिबार रिहा गर्ने चार जनाको नाम सार्वजनिक

काठमाडौं – हमासले शनिबार रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक