साताको कार्टुन : प्रचण्ड र गोहीको आँशु ! « Khabarhub

साताको कार्टुन : प्रचण्ड र गोहीको आँशु !


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवस्थाविरुद्ध १० वर्षसम्म बन्दुक उठाएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ युद्धकालमा भन्ने गर्थे – ‘युद्धको मैदानमा हामी रुँदारुँदै हाँसेका छौँ र हाँस्दाहाँस्दै रोएका छौँ ।’

दाहालका यी पङ्क्तिले रक्तपातयुक्त विद्रोहको राजनीतिक र फौजी मोर्चामा माओवादी नेता/कार्यकर्तालाई खुबै तरङ्गित बनाउँथ्यो । उनै दाहाल जसै बन्दुक बिसाएर संसदीय मूलधारको राजनीतिमा आए – आँशु र हाँसोको बेलगाम प्रयोग टुटेन ।

व्यक्तिगत जीवनका दुःखान्तका सन्दर्भ बाहेक पनि दाहाल भिडलाई तरङ्गित पार्न पिलिक्कै रोइदिने गर्छन्‌ । खबरहबका लागि दीपक गौतमले बनाएका यो कार्टुनमार्फत दाहालकै ‘अश्रु-प्रवृत्ति’लाई व्यङ्ग्य गरिएको छ ।

यो कार्टुनमार्फत दाहालले सहकारी ठगीमा मुछिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष रहेको भन्दै दिएका अभिव्यक्तिमाथि व्यङ्ग्य गरिएको हो । नेपाली उक्तिमा सबैतिर ठिक्क पार्न सजिलै आँशु बगाउनेको रुवाइलाई गोहीको आँशु उपमा दिइन्छ ।

सार्वजनिक खपतका लागि सस्तो भावुकता पोख्ने दाहाल मञ्चमा रुमालले आँशु पुछिरहँदा छेउको तलाउमा गोही सोच्दैछ – अनुहार मात्रै नमिल्ने हो, आँशु चाहिँ ठ्याक्कै मिल्छ कम्रेडसँग हाम्रो !

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ५ : २९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका