आज २०८० साल पुस २८ गते शनिबारको राशिफल « Khabarhub

आज २०८० साल पुस २८ गते शनिबारको राशिफल


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। बोलीमा मोहनी भएकाले मित्रको साथ पाइने छ। राम्रो कामको सुरुवात गर्ने दिन हो। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध राम्रो बन्नेछ।

वृष : स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यो राशिलाई वृहस्पती र चन्द्रमा अनुकुल रहेकाले दिन रमाइलो हुनेछ। परिवारमा खर्च बढ्ने देखिन्छ।

मिथुन : दैनिकी राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। कुटुम्बबाट मिल्ने सहयोगले आर्थिक लाभ हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : समय सामान्य छ। बन्धुसँगको भेटले मन खुशी हुन्छ। स्वास्थ्य खराब हुने भएकाले खानपानमा ध्यान दिनुपर्ने देखिन्छ। परिवारमा खटपटी हुनसक्छ। प्रेम सम्बन्ध टुट्ने खतरा छ।

सिंह : दिन सामान्य राम्रो छ। मित्रको साथ पाइने छ। परिवारको साथ नमिल्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। ठुलो विश्वास गरेका मान्छेबाट धोखा हुने सम्भावना देखिन्छ।

कन्या : दिन रमाइलो छ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। साथीसँग बस्ने मौका मिल्नेछ। परिवारको साथ पाउने योग छ।

तुला : समय राम्रो छ। शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रका लागि आज राम्रो छ। धर्ममा समय खर्च हुने भएकाले दिन लाभदायक छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। बोलीको प्रभाव देखिन्छ। परोपकार गर्नु फाइदाजनक हुन्छ। प्रतिस्पर्धी कमजोर हुनेछन्। पारिवारिक झमेलाले खटपटी आउने योग रहेको छ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्र राम्रो छ। धन कमाउने चाहनाले मन अशान्त हुनेछ। परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ।

मकर : समय सामान्य छ। खर्च बढ्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढी हुन्छ। बन्धुबाट सहयोग नमिल्ने देखिन्छ। परिवारसँग भने रमाइलो यात्रा हुनेछ। प्रेमी प्रेमिकाका लागि रमाइलो समय छ।

कुम्भ : समय सामान्य छ। गोचरमा शनिदेवको छाया योग रहेको देखिन्छ। जन्म कुण्डलीमा ३, ६ र ११ मा शनिदेव भए ठुला काम सहजै बन्नेछन्। त्यो नभए जुनसुकै काम गर्दा पनि बाधा हुनेछ।

मीन : समय राम्रो छ। आजको दिन सफल हो। वैदेशिक क्षेत्रको लगानीबाट उन्नति प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान रहे पनि परिवारको साथ पाउने योग रहेको छ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : १४ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्