यो साताका २० तस्बिर | Khabarhub Khabarhub

यो साताका २० तस्बिर


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता विभिन्न घटनाक्रमले चर्चित बन्यो । सबैभन्दा बढी चर्चामा तपस्वी रामबहादुर बम्जन पक्राउ परेको विषय आयो । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्षको कैद सजाय सुनाएको विषयले नेपालमा मात्र होइन विश्वव्यापी चर्चा पायो । आजको साताका तस्बिरमा भने कृषि, धार्मिकस्थल, विकास , पर्यटन, प्रविधि, संस्कृति र सामाजिक क्षेत्रका समेटिएको छ ।

हामी नेपाल नामक सस्थाको गत वर्षको बाढी र पहिरोले अन्नबाली, खेतगरा बगाएर छोपेर प्रभावित खत्याड गाउपालिका–४ हिगोटी गाउँका १३२ घरधुरीलाई राहत वितरण गरेपछि काखमा दुधे बालक र राहतमा पाएको चामल बोकेर घरतर्फ जाँदै स्थानीय माया सार्की । तस्बिर : नृपेन्द्रबहादुर मल्ल
काठमाडौं कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल । अहिले व्यापारीले एक ढकको पाँच सय रुपैयाँदेखि तरुलको जात अनुसारको थोक मूल्यमा बिक्री हुन्छ । तस्बिर : हरिराम भेटुवाल

 

पोखरा महानगरपालिका वडा नं ३२ बाह्रविसेमा अवस्थित सिता गुफा । गुप्तवासको क्रममा भगवान् रामचन्द्र यस स्थानमा आइपुग्दा सीता रजश्वला भएपछि लुकेर बसेको हुँदा यसलाई सितागुफा नामाकरण गरिएको किम्मदन्ती रहेको छ । तस्बिर : हरिप्रसाद बाँस्तोला
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘रत्ननगर महोत्सव २०८०’ का अवसरमा रत्ननगरस्थित टिकौलीमा निकालिएको हात्ती सहितको शोभा यात्रा । तस्बिर : सनद अधिकारी

 

हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित जमेको मस्र्याङ्दी नदी पार गरी चरन क्षेत्रमा जाँदै याकचौरी । तस्बिर : नवीन लामिछाने
ललितपुर महानगरपालिका–२१ स्थित खोकनामा गाबु ज्याःसा तेल मिलमा मङ्गलबार परम्परागत काठको कोलमा तोरी पेल्दै । यहाँ काठको कोलबाट पेलेको तेल प्रति लिटर रुपैयाँ तीन सय पैसट्ठीमा बिक्री भइरहेको छ । तस्बिर : हरिराम भेटुवाल
मनाङको ङिस्याङ गाउँपालिका–६ स्थित हिउँले ढाकिएको गङ्गापूर्ण तालको सुन्दर दृश्य र पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल साथै सेताम्मे डाँडापाखा । तस्बिर : नवीन लामिछाने
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मङ्गलबार आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रममा परम्परागत पहिरनमा सजिएर मौलिक होरी नृत्य प्रस्तुत गर्दै कलाकार । पछिल्लो समय थारु समुदायमा मौलिक पहिचान बोकेको होरी नृत्य हराउँदै गएको छ । तस्बिर : गोकुल जोशी
दाङको घोराही उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयको आयोजनामा माघी पर्वका अवसरमा मङ्गलबार झिङौरामा भएको माघी मिलन कार्यक्रममा सहभागी हुन जाँदै तल्लो झिङौरा टोलका स्थानीय थारु समुदाय । तस्बिर : कुलदीप न्यौपाने
म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोटको भकुण्डेचौर र शिरानमा देखिएको खड्गभवानी कोट । तस्बिर : ध्रुवसागर शर्मा
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान । आधुनिक प्रविधिको विकाससँगै परम्परागत पानीघट्टको प्रयोग घटेको छ । तस्बिर : पेमा लामा
मोरङको लक्ष्मीमार्गको महिला परालको चकटी बनाउँदै । पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले यस प्रकारका घरेलु उत्पादनको प्रयोग घट्दो छ । तस्बिर: विवेक मिश्र
प्युठानको स्वर्गद्वारी गौमुखी यातायात सेवाले सञ्चालन गरेका प्युठान–नयाँदिल्ली बस स्थानीय बसपार्कमा । तस्बिर : शशिधर भण्डारी
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले खलङ्गा बजार आसपासको क्षेत्रमा राखेका सडक सौर्य बत्ती मर्मत गर्दै प्राविधिक । गत वर्ष माघ महिनामा नगरपालिकाले रु तीस लाख २७ हजार चार सय ५० खर्चेर बजार क्षेत्रमा ४० वटा सोलार बत्ती जडान गरेको थियो । तस्बिर : बलबहादुर ओली
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको राखुमा बोटबाट टिपेका सुन्तला वर्गीकरण गर्दै किसान । तस्बिर : ध्रुबसागर शर्मा
नवलपुरको गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने केबलकार । यहाँ केबलकारमा पाँच मिनेटको यात्रापछि मौलाकालिका मन्दिर पुगिन्छ । तस्बिर : कृष्ण आचार्य
दाङको धार्मिक एवं पर्यटकीय क्षेत्र घोराही उपमहानगरपालिका–१३ सेवारको बराहक्षेत्र मन्दिर परिसरमा रहेको बाह्रकुने तालमा डुंगामा रमाउँदै पर्यटक। तस्बिर : रञ्जिता अधिकारी
धार्मिक एवम् ऐतिहासिक नगरी जनकपुरधामको प्रवेशद्वारमा बनाइएको शहीदद्वार । मधेश आन्दोलनका सहिदको सम्मानमा यो द्वार जनकपुरधाम उपमहानगरपालिकाले बनाएको हो । तस्बिर : अमरेन्द्रकुमार यादव
प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिर । तस्बिर : अमरेन्द्रकुमार यादव

तस्बिरः रासस

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : १९ बजे

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै

अजरबैजान– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा

जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प : एलन मस्कले पाए विशेष भूमिका

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण जिम्मेवारी चयन गर्नका

कृषिसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ ।

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा– स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला

सुर्खेत– सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरकी पुजारी मृत