प्रिमियर लिग : बर्नली र लुटन टाउनले खेले बराबरी « Khabarhub

प्रिमियर लिग : बर्नली र लुटन टाउनले खेले बराबरी


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका छन् ।

बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरेका थिए ।

खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको इन्जुरी समयमा लुटन टाउनका मोरिसले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । उता बर्नलीे सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

जारी लिगमा २१ खेल खेलेको बर्नली १२ अंकका साथ अन्तिमबाट दोस्रो १९औँ स्थानमा छ । २० खेल खेलेको लुटन टाउन १६ अंक जोडेर १८औँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ०५ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने