टोखामा चाकु दिवस मनाइँदै « Khabarhub

टोखामा चाकु दिवस मनाइँदै


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

नेवाः गुठी टोखाका अध्यक्ष रमेश नापितले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागिएको जानकारी दिए ।

नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद ५० हजारसहित सम्मान गर्न लागेको छ । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई २५–२५ हजार नगदसहित सम्मान गर्न लागेको छ ।

यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गर्न लागिएको अध्यक्ष नापितले बताए ।

नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्न लागेको छ ।

टोखा नगरपालिका–२ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिनेछ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ ।

उखुखेती हुने टोखामा लिच्छवीकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । टोखाको चाकु देशसहित विदेशका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ ।

यो पनि…

टोखाको चाकु !

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : १४ बजे

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा

कोरियाली राजदूत र सञ्चारमन्त्रीबीच भेट, नेपाल–कोरिया सम्बन्धबारे छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र

वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा

काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शनिबारबाट सुरू हुने वडा

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

भद्रपुर– अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो