कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र « Khabarhub

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा बालकको सफल कलेजो प्रतयारोपण भएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पर्साको वीरगञ्जका तीन वर्षीय बालकका लागि ३० वर्षीय आमाले कलेजो दान दिएको जानकारी दिए। कलेजो प्रत्यारोपण गरिएका बालकको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

यसअघि केन्द्रले पुसमा एकैपटक दुई जना बिरामीको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । पुस ८ गते भक्तपुरका २२ वर्षीय छोरालाई ४७ वर्षीय बुबाले र पुस ९ गते सप्तरीका २५ वर्षीय भाइलाई ३५ वर्षीय दिदीले कलेजो दान दिएर प्रत्यारोपण गरिएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठको नेतृत्वमा केन्द्रले २०७३ मङ्सिर २२ गते दक्षिण कोरियाका चिकित्सकको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपणको सुरुआत गरेको थियो । त्यसपछि भारतको म्याक्स अस्पतालका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा कलेजो प्रत्यारोपण हुँदै आए पनि पछिल्लो समय नेपाली चिकित्सककै टोलीले सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गर्न थालेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले मिर्गौलामा मात्रै नभई कलेजो प्रत्यारोपणमा पनि सफलता पाएपछि अब नेपाल कलेजो प्रत्यारोपणमा पनि आत्मनिर्भर हुन थालेको बताए। 

उनका अनुसार सुरुका केही वर्ष वार्षिक एक-दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकामा अहिले वर्ष १० जनाको प्रत्यारोपणमा सफलता हासिल गर्न केन्द्र सक्षम भएको छ । केन्द्र स्थापनादेखि अहिलेसम्म एक हजार दुई सयभन्दा बढीको मिर्गौला प्रत्यारोपण गरिसकिएको उनले जानकारी दिए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : ५६ बजे

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा