भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहरी विकासमन्त्रीको जोड « Khabarhub

भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहरी विकासमन्त्रीको जोड


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री सीता गुरुङले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताएकी छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस तथा प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी राष्ट्रिय सम्मेलन’ मा मन्त्री गुरुङले भूकम्प पश्चात्का पुनः निर्माणका साथै भौतिक संरचना निर्माण गर्दा भूकम्पीय जोखिम कम हुने किसिमले बनाउनुपर्नेमा जोड दिइन्। उनले दिगो पूर्वाधार विकासलाई प्रभावकारी बनाउन सम्पूर्ण इन्जिनियरका साथै प्राविधिक क्षेत्रका जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताइन् । 

मन्त्री गुरुङले प्राविधिक क्षेत्रका कानुन तथा मापदण्डको कार्यान्वयन गरी भूकम्प प्रतिरोधी संरचना निर्माण गरी दिगो विकासलाई प्रभावकारी बनाउनुपर्ने बताइन्। 

मन्त्री गुरुङले डिनलाई संस्थागत गराउने सम्बन्धमा आएका मागलाई मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै इन्जिनियरिङ क्षेत्रको विविधता, डिन तथा प्राविधिक क्षेत्रको एकीकृत संरचना आजको आवश्यकता रहेको मन्त्री गुरुङले जिकिर गरिन्। 

छब्बिसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटनका अवसरमा खानेपानी मन्त्रालयका सचिव इन्जिनियर सुरेश  आचार्यले भौतिक पूर्वाधारको गुणस्तरीयतामा वृद्धि गरेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने बताए। उनले संघीयता कार्यान्वयनको अनुभूति दिलाउन स्थानीय तहमा प्राविधिकको सहभागिता आवश्यक रहेकामा जोड दिइन्। 

सचिव आचार्यले प्रशासनिक क्षेत्रका कर्मचारीको सीप अभिवृद्धिका लागि नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र जस्तै इन्जिनियरिङ क्षेत्रमा सिफारिस भएका कर्मचारीको सीप विकासका लागि इन्जिनियरिङ प्रशिक्षण आवश्यक रहेको बताए।

डिनका सल्लाहकार डा राजेन्द्रप्रसाद अधिकारीले ‘प्रकोप प्रतिरोधी तथा भौतिक पूर्वाधारको गुणस्तरसम्बन्धी’ कार्यपत्र प्रस्तुत गर्दै दिगो पूर्वाधार निर्माणमा प्राविधिकको भूमिकालाई थप स्पष्ट पारे।

सोही अवसरमा डिन प्राविधिक समितिका संयोजक इन्जिनियर खड्ग केसीले भूकम्पीय जोखिमयुक्त मुलुकमा भूकम्पको जोखिम थेग्नसक्ने भौतिक पूर्वाधार नहुँदा समस्या भोग्नुपरेको जिकिर गर्दै सरकार, विकास प्राविधिक तथा समुदायबीच सहकार्य, समन्वयको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।  

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : ५६ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित