‘लाहुरेको रेलिमाई’ का पर्याय मित्रसेन « Khabarhub

‘लाहुरेको रेलिमाई’ का पर्याय मित्रसेन



नेपाली सुगम संगीतको सय वर्ष भन्दा लामो इतिहासमा एउटा महत्त्वपूर्ण पात्रका रुपमा रहेका नेपाली संगीत जगतका प्रथम वाग्गेयकार हुन् मित्र सेन थापा मगर ।  

वाग्गेयकारको अर्थ हुन्छ । वाक कला र गायन कला भएको एउटा कुशल व्यक्तित्व । वाग्गेयकार भनेर पदवी दिनलाई सुहाउने पहिलो नेपाली कलाकार नै मित्र सेन हुन् ।

उनी गीत लेख्थे । गीतमा संगीत भर्थे र गीत आफैं गाउँथे । तीनै कलाका उनी त्रिवेणी थिए । त्यसबाहेक उनीसँगको अर्को गुण भनेको त्यो गीतमा अभिनय पनि गर्न सक्थे । यस कारण पनि नेपाली संगीत जगतमा पहिलोपटक मास्टर उपाधि पाउने मित्र सेन नै हुन् । उनका धेरै अनेक डटहरु कथा उपकथाहरू छन् । 

‘लाहुरेको रेलिमाई’ पर्यावरणसम्बन्धी विषयका लेखक विजय हितानले लेखेको उपन्यास मित्र सेनको जीवनीमा आधारित छ । कुनै पनि गायक संगीतकार कलाकारलाई पात्र बनाएर लेखिएको त्यो अहिलेसम्मको पहिलो उपन्यास पनि हो ।

मास्टर मित्र सेनको जीवन कथामा आधारित आख्यान हो ‘लाहुरेको रेलिमाई।’ प्रथम विश्वयुद्धको विदारक वर्णन अनि मास्टर मित्र सेनको निजी जीवनमा आएको सुनामीले पाठकको मन मस्तिष्क नै हल्लाउँछ । 

लेखकले लाहुरेको रेलिमाई लेखनमा मेरा आफ्ना सङ्घर्षपूर्ण पूर्व तयारीका कथा छन् । तर, उहाँले मित्र सेनका बारेमा लेख्नु भएको छ, ‘पेसाले मित्र सेन भारतीय गोर्खा लाहुरे थिए । प्रथम  विश्वयुद्धमा संलग्न भएर युरोप, मेसोपोटामिया,  सिरिया र इराक लड्न पुगे । सैनिक सेवाको निवृत्तिपछि भने सांगीतिक सामाजिक र साहित्यिक गतिविधिमा पूर्णरूपमा समर्पित भए ।’

नेपाली वाङमयमा युद्ध साहित्य नवीनतम विषय हो । दोस्रो विश्वयुद्ध र त्यसताका युद्धलाई लिएर फाट्टफुट्ट पुस्तक प्रकाशन भएका छन् । तर, प्रथम विश्वयुद्ध र वीर गोर्खालीका गाथालाई केन्द्रबिन्दु पारेर युद्ध साहित्य त्यति लेखिएको छैन ।’

जसरी नारायण गोपाललाई मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ बोलको गीतले चिनाउँछ त्यसरी नै  मित्र सेनलाई लाहुरेको रेलिमाई बोलको कालजयी झ्याउरे गीतले अमर बनाएको छ । तसर्थ यही गीतलाई मेरो उपन्यासको शीर्षक दिएको हितानले लेखेका छन् । लाहुरेको रेलिमाईमा मित्र सेनले सुरु गरेको शब्द रेलिमाई बाट यो शीर्षक राखिएको छ ।

रेलिमाई शब्दको अर्थ के हो भनेर पनि धेरै पटक गीत संगीतमा चर्चा भए । मित्र सेनले प्रयोग गरेको त्यही शब्दमा पछि प्रशिद्ध संगीतकार शुभबहादुर सुनामले २०४० सालपछि एउटा गीत संगीत गर्नु भयो जसलाई मदन सिंह नेपाली र सुकमित गुरुङले गाउनुभयो । यो ‘हावा यो मौसम अनि यो साँझ रेलिमाई रेलिमाई… भनेर । यो निकै लोकप्रिय भयो सरोज अर्यालको शब्दमा । यस गीतमा पनि रेलिमाईको प्रयोग गरे पनि खास रेलिमाईको अर्थ मान्छेले बुझेनन् वा यसको व्याख्या भएको छैन । 

मित्र सेनले आफ्नो गीतमा ‘लाहुरेको रेलिमाई फेसनै राम्रो’ भनेर प्रयोग गर्नुभएको छ । केही व्याख्याकारहरूले रेलमा चढ्दै गरेको रमाइलोलाई नै उहाँले एउटा अनुकरणात्मक शब्द बनाएर रेलिमाई बनाइएको भन्ने पनि बुझिन्छ । तर, कसैले एउटा मौसमलाई प्रतिकृत गरेर यो शब्द बनाइएको भन्ने पनि बुझिन्छ ।  

मित्र सेन थापाको जन्म भारतको त्यतिबेलाको पञ्जाब प्रान्तको भाग्सुको तोतारानीमा भयो । उनका बुबा संगीतका सौखिन थिए । उनको वैवाहिक जीवन नेपालको पाल्पामा भयो । पाल्पामा आएपछि पाल्पाको शीतलपाटीको गीत पनि गाएका छन्।

मित्र सेनको जीवनका धेरै रोचक गीतहरू नेपाल भारतका विभिन्न ठाउँका बारेमा छन् । उनले ठाउँको प्रयोग गरेर गाएको पाइन्छ  । जस्तो– एउटा गीतमा सिम्ले र जुम्लेको प्रयोग गरिएको छ । सिम्ले भनेको भारतको सिम्ला हुन सक्छ र जुम्ले भनेको सायद नेपालको जुम्ला हुन सक्छ । 

मित्र सेनले बनाएका युगल गीतहरू  ‘अब त कान्छी जाऊ क्यारे घर’ त्यतिकै महत्त्वपूर्ण छ । स्वामी नजाऊ परदेश र मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले’ जस्ता गीतमा पनि उनले बुटवललाई बटौलीमा सुका धार्नी मासुको कुरा पनि गरेका छन् । 

मित्र सेनको गीतलाई लिएर नेपालमा जुन किसिमको जागरण र जागृति आयो, त्यो पहिलो र स्मरणीय कुरा हो । तर उनको गीतका कारण भारतको आम सञ्चारमा जब गीत बज्न थाले, त्यो बेला भारतीहरूले ‘झाम्रे’को प्रयोग गर्न थाले । भारतीय सञ्चार माध्यममा पहिलो पटक गोर्खे गीत भनेर बजाउँदा मित्र सेनको गीतलाई ‘झाम्रे’ गीत भनियो । पछि गएर यही झाम्रे नै झ्याउरे भयो । यही गीतलाई नै एउटा लय बनाएरपछि  मुनामदन लेख्नुभयो महाकवि लक्ष्मी प्रसाद देवकोटाले । 

मित्र सेनको गायकीको विशेषता भनेको सामान्य जीवनका कुरा पनि टिपेर गीत बनाउन सक्थे । उनको गीतमा नाटक अभिमञ्चन गरेजस्तो पात्रहरूको उपस्थिति पनि हुन्छ र प्रत्यक्ष रूपमा श्रोतासँग ‘कनेक्ट’ गर्न सक्ने उनका गीतहरू बने । 

मित्र सेन गायकका रूपमा नेपाली जन स्थानमा जुन उच्च आकर्षणमा एउटा वाग्गेयकारका रूपमा छन्, त्यो उनको सुरक्षित र सम्मानित स्थान छ । मित्र सेन भारत र नेपालमा दुवैतिर लोकप्रिय कलाकार हुन् । भारतमा पनि उनको तस्बिर अंकित हुलाक टिकट निस्किएको छ र नेपालमा पनि हुलाक टिकट निस्किएको छ । 

भारतमा पनि उनका बारेमा शोधार्थीले पीएचडी गगरेका छन् । नेपालमा पनि त्रिभुवन विश्वविद्यालयबाट शोधार्थीले पीएचडी गरेका छन् । दुवै देशमा पढिने मित्र सेनका गीतहरूको पनि पुनः रेकर्डिङ वा त्यही पुराना गीतलाई अहिले आएको नयाँ प्रविधि वाद्यवादनका साथ रेकर्डिङ गर्न जरुरी छ । 

 मित्र सेन चर्चित हुनलाई गायक भएका हैनन् । उनी  जागृतिका लागि गायक भएका हुन् । उनी भाषा सम्वद्र्धनका लागि गायक भएका हुन् । उनले गाएका गीतमा पाइने झिल्काहरू नेपालीपनको झलक हो ।

रोपाइँ, खेती, असार, बर्षात, दुःख पीडा र घर बसाइको एक्लोपन अनि लडाइँका कुरा उनका गीतमा पाइन्छन् । उनी स्वयं सेनाबाट निवृत्त भएकाले यी कुराहरू गीतमा आउँछन् । उपन्यासमा लेखकले पनि उद्धृत गरेका छन् कि मित्र सेन त्यतिबेला हिन्दु फौजको २२९७ नम्बरका थापा मित्र सेन नामबाट चिनिन्थे । 

मित्र सेनको गीतको प्रभाव पछिसम्म अरु गायकमा पनि रह्यो । जस्तो– मास्टर्स रत्नदास प्रकाशमा । त्यसैगरी पछि आएका गायकहरूमा कुमार बस्नेत, जैनेन्द्र लामा वा राम थापा शैलीका कलाकारहरूमा पनि मित्र सेनको गायकीको छाप रह्यो ।

प्रयोगकै कुरा गर्ने हो भने नेपालबाट बनेको ऐतिहासिक उपन्यासमा आधारित चलचित्र प्रेमपिण्डमा फिल्मका निर्देशक यादव खरेलले मित्र सेनकै ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले’  गीतलाई फिल्मलाई प्रयोग गरेका छन् । 

नीर शाह, सरोज खनाल, सनि रौनियार अभिनित प्रेमपिण्डमा यो गीत पुनः रेकर्डिङ गरिएको छ ।

मित्र सेन आफैं गायक संगीतकार, गीतकार र नाट्य रचनाकार हुन् भने उनका समकालीन मित्रबहादुर सिंह बराल त्यतिकै कुशल गीतकार हुन् । मित्र सेनले कयौँ गीतहरू बहादुर सिंह बरालका पनि गाएका छन् । बहादुर सिंहले आफ्ना गीतहरूको संग्रह बरालको आँसु भनेर प्रकाशन गरेका छन् ।

मित्र सेनका छोरा दिग्विजय सेन भारतमै बसेर गीत गाउन थाले र उहीँ नेपाली भाषाको सेवा समृद्धिमा लागे । बहादुरसिंह बरालका छोरा खड्गजीत बराल नेपालमा आएर प्रहरीको उच्च ओहदामा पुगेर रिटायर्ड भए । उनी नेपाली साहित्य संगीतको पनि बेलाबेलामा सामाजिक सञ्जालमा चर्चा गरिरहन्थे ।  खड्गजीत बरालले नेपाल प्रहरीमा पोशाकको रंगदेखि लिएर अभिवादन गर्ने शैलीको पनि परम्परा बसाएका थिए । 

मित्र सेनले त्यो समयमा आफ्ना रचना र केही संकलनका गीत पनि गाएका छन् । उनको गीतमा खानेकुराका बारेमा पनि कुरा भएका छन् । मासुको महँगीका कुरा पनि उनका गीतमा पाइन्छन् ।  

लाहुरेको फेसनै राम्रो गीतमा रुमालको चर्चा गरिएको छ । त्यो रुमाल हो– कुसुमे रुमाल । कुसुमे रुमालमा त पछि फिल्म नै बन्यो । वा अन्य केही गीतमा पनि  कुसुमे रुमालका गीतहरू आएका छन् । 

मित्र सेनले पाल्पाको शीतलेपाटीको गीत गाएपछि त्यही गीत वा त्यही पाटी पछि धर्मराज थापाले गाए । त्यसपछि झलकमान गन्धर्भले गाए । पाल्पासँगको मित्र सेनको कनेक्सन एउटा महत्त्वपूर्ण पक्ष थियो । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ३ : ०७ बजे

आर्टेमिस–२ : चन्द्र यात्रामा मानवको पुनरागमन

एजेन्सी– आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ ।

गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाले हेलो सरकारबाट प्राप्त हुने गुनासो

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

काठमाडौं– सिजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘सीजीसँग जीवन अनुभूति गर्नुहोस्’ नामक अभियान

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्माण गर्न कार्यदल गठन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग