आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल « Khabarhub

आफ्नै शक्तिमा चुनाव जित्ने तयारी गरौँ : नेपाल


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाडौंको साँखुमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघि गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै अव आफ्नै शक्तिमा चुनावमा जित्ने गरि तयारी गर्नुपर्ने बताएका हुन् । उनले भने हिजोका दिनमा गठबन्धनको शक्तिलाई लिएर चुनावमा उठेका थियौं तर हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौँ 

उनले सिंगो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको भन्दै नेता कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्ने उल्लेख गरेका छन् । अध्यक्ष नेपालले सातैवटा प्रदेशमा पार्टीको अस्तित्व देखिएको र अव पालीकामा अस्तित्व देखिने गरि संगठन विस्तार गर्नुपर्ने धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले गठबन्धन फुट्ने भ्रममा नलाग्न आग्रह गर्दै गठबन्धन पाँचै वर्ष चल्ने बताए ।

उनले यसअघि कम्युनिष्ट दलहरू बहुमतको नजिक पुगेपनि त्यसलाई जोगाउन नसकिएको भन्दै पुनः कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्नका लागि पहल भइरहेको जिकिर गरे । 

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ३ : ५० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।