प्रधानमन्त्री कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात | Khabarhub Khabarhub

प्रधानमन्त्री कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्।

नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ। पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको बागमतीले ४२.३ ओभरमा अल आउट हुँदै २१४ रन बनाएको हो । यस अघि पहिला ब्याटिङ गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो।

त्यस्तै आजै भैरहवामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गरेको गण्डकी ३४.४ ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाएको थियो । 

खराब मौसममा कारण यो खेल ४२-४२ ओभर मात्र खेलाइएको थियो।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ७ : १० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास