माघ १ देखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुन्छ : मन्त्री यादव « Khabarhub

माघ १ देखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुन्छ : मन्त्री यादव


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडौं मेलम्चीको पानी वितरण गरिने बताएका छन् ।सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्नुहुँदै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”

उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौं मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए ।

त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्वाधरूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरिएको थियो ।

मेलम्चीको पानी माघ १ गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । उनले भने, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने छ ।”

सुन्दरीजलमा पानी जम्मा गरी प्रेसर पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरले बताए ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझबाट फेरि आपूर्ति सुरु गरिएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउनेगरी भएको सहमतिअनुसार बुधबार साँझबाट सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दीपेश ढकालले जानकारी दिए ।

कुल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिएको भए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजल पानी पथान्तरण गरिएको उनको भनाइ छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ११ बजे

मदनकृष्णकोपछि हरिवंशको बायोपिक बनाउँदै मिलन, अरुण शीर्ष भूमिकामा

काठमाडौं – पछिल्लो समय बायोपिक निर्देशनमा केन्द्रित बनेका मिलन चाम्सले

नेपाली उपभोक्तालाई विभन्न ब्रान्डका विद्युतीय उपकरण एकै ठाउँ छान्ने अवसर दिँदै ‘सिजी डिजिटल’

काठमाडौं– सीजी डिजिटलले देशभरका २८ वटा शोरूममार्फत विभिन्न ब्रान्डका विद्युतीय तथा

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू

नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार,

११४ दिनदेखि बन्द काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय खुल्यो

काठमाडौं– काठमाडौं- समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटिमण्डपमा रहेका काठमाडौं उपत्यका