प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू « Khabarhub

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

लिङ्देन भन्छन् : कांग्रेस, एमाले र नेकपा मिलेर बनाउन्


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू कुनै पनि प्रदेशको सत्ता राजनीतिमा नजोडिने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै लिङ्देनले अहिले प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नै मिलेर बनाउँदा राम्रो हुने पनि बताए।

‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल छैन, लालायित पनि छैन । प्रदेश सरकारहरू अहिले पनि कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरुन् भन्ने हाम्रो धारणा छ’, राप्रपाले निर्णयमा भनेको, ‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ।’

राप्रपाले पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठक निर्देश पनि गरेको छ।

खासगरी २०७३ मा राप्रपबाटै गएका किरण थापालाई बागमतीमा मुख्यमन्त्री बनाउन केही सांसदहरूले चलखेल गरेको समाचार आएको थियो। राप्रपा बागमती प्रदेश सभाका १२ मध्ये ६ सांसद एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु नै पुगेको खुलेको थियो।

एमाले अध्यक्ष ओली कुनै हालतमा थापालाई मुख्यमन्त्री बनाउन दौडिएपछि राप्रपाका १२ मध्ये ६ सांसद सघाउने प्रतिबद्धतासहित गुन्डु पुगेका थिए । यस्तो अवस्थामा राप्रपाले सत्ताको जोडघटाउमा नलाग्न सबै प्रदेशका सदस्यहरूलाई निर्देश गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  २ : ४९ बजे

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।