सिङ्गो मुलुकको विकासको खाका तयार गरेका छौं : माधव नेपाल « Khabarhub

सिङ्गो मुलुकको विकासको खाका तयार गरेका छौं : माधव नेपाल


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई राजनीतिक दृष्टिकोण गाउँ र टोलसम्म पुर्‍याउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टीको शङ्खरापुर नगरस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्दै उनीहरूको सेवालाई केन्द्रमा राखेर अघि बढ्न सबै नेता, कार्यकर्तालाई निर्देशन दिए। सिङ्गो मुलुकको विकासको खाका आफ्नो पार्टीले तयार गरेको बताउँदै उनले नेता–कार्यकर्ताले जनतामाझ गएर त्यसलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले सातै प्रदेशमा पार्टीको अस्तित्व देखिएको भन्दै अब पालिकामा देखिने गरी सङ्गठन विस्तारमा जोड दिन निर्देशन दिए। विगतमा गठबन्धनको साथमा चुनाव लड्दा अपेक्षित नजिता हासिल गर्न नसकेकाले अब आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ थियो ।

सत्तारूढ दलका उम्मेदवारलाई विजय गराउन पार्टीप¬ङ्क्तिलाई निर्देशन दिँदै उनले वर्तमान गठबन्धन पाँच वर्षसम्म कायम रहनेमा आशङ्का नगर्न आग्रह गरे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनतालाई रोजगारी उपलव्ध गराउने, कृषि, उद्योग, जलस्रोत, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधिलगायत क्षेत्रको विकास गरी देशलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार गर्नेहरू जुनसुकै पार्टीका नेता वा विशिष्ट व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने बताए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४९ बजे

अवस्था परिवर्तनका लागि सबै राजनीति शक्ति एकजुट हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अवस्था परिवर्तनका लागि सबै राजनीति

हिउँदे वर्षाले काँचो इँटामा क्षति

नेपालगञ्ज– दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति

सर्लाहीमा चार लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

बरहथवा– सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

बालेन्द्रका सहयोगी सिटौलालाई सेनाको जहाजबाट काठमाडौं ल्याइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन्द्र