भारत र साउदी अरबबीच हजसम्बन्धी सम्झौता | Khabarhub Khabarhub

भारत र साउदी अरबबीच हजसम्बन्धी सम्झौता


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जेद्दा- भारत र साउदी अरबबीच सन् २०२४ का लागि हजसम्बन्धी सम्झौता भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार महिला बालबालिका विकास एवम् अल्पसङ्ख्यक मामिलासम्बन्धी भारतीय मन्त्री स्मृति इरानी र साउदी अरबका हज तथा उमराह मामिलामन्त्री तौफिक बिन फवजान रबियाबीच हजसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

भारतीय विदेश राज्यमन्त्री भी मुरलिधरणको उपस्थितीमा साउदी अरबको जेद्दा शहरमा भएको सम्झौता अनुसार साउदी अरबले सन् २०२४ मा भारतबाट १ लाख ७५ हजार २५ जनालाई हज गर्न अनुमति दिनेछ ।

तीमध्ये १ लाख ४० हजार २० जना भारतको हज समितिमार्फत् त्यसतर्फ जानेछन् । त्यसबाहेक ३५ हजार ५ जना भने अन्य हज यात्रा सञ्चालक समूहमार्फत् जाने जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : ४० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’