भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित : मन्त्री ज्वाला « Khabarhub

भरतपुर क्षेत्रको रेलमार्ग सर्भे स्थगित : मन्त्री ज्वाला


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन –भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा आयोजित छलफलका क्रममा उनले स्थानीयको चाहनाविपरीत रेलमार्ग नबन्ने बताए ।

रेलमार्गको विकल्प दिन आग्रह गर्दै उनले नयाँ विकल्पका विषयमा छलफल अघि बढ्ने बताए । भरतपुर महानगरपालिकाले दिएको विकल्पबारे प्राविधिकरूपमा अध्ययन गरिने उनको भनाइ थियो । उनले भने, “यो भन्दा उपयुक्त विकल्प दिन म यहाँहरूलाई अनुरोध गर्दछु ।” महानगरपालिकाले दिएको विकल्पबारे मन्त्रालयले मात्रै गरेर नहुने भएकाले प्रधानमन्त्रीसँग पनि छलफल गरिने उनले बताए ।

त्यस अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अहिले रेखाङ्कन गरिएको रेलमार्गमा घना बस्ती भएको र आठ सयभन्दा बढी घरधुरी पर्ने भन्दै नयाँ विकल्प प्रस्ताव गरिएको बताए । महानगरका तर्फबाट वडा नं ११ र १२ को वन क्षेत्रको छेउ हुँदै रेलमार्ग बनाउँदा छोटो र कम लागतमा बन्ने उनको भनाइ थियो । यसरी रेलमार्ग बनाउँदा नारायणीको साँघुरो क्षेत्रबाट पार गर्न सकिने उनको तर्क थियो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले अहिले रेखाङ्कन भएका क्षेत्रबाट रेलमार्ग सम्भव नहुने भएकाले महानगरले कार्यक्रमको आयोजना गरेको बताए । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले स्थानीयको सहमतिबिना रेलमार्ग नबन्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य, प्रदेशसभाका पूर्वमन्त्री, प्रमुख राजनीतिक दलका जिल्ला अध्यक्ष एवं संयोजक र पूर्वसभापतिहरू, रेलमार्ग सङ्घर्ष समितिका संयोजक एवं प्रतिनिधिहरू, निजी क्षेत्रका व्यवसायीलगायतको उपस्थिति थियो ।

स्थानीयले रेलमार्गको विकल्प खोज्नुपर्ने अडान राखेपछि महानगरपालिकाले छलफल आयोजना गरेको हो । कार्यक्रममा सहभागी दलका नेता र सरोकारवालाले अहिले भइरहेको रेलमार्गको रेखाङ्कन स्थागन नभएर रद्द नै गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ५० बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा